पूर्वलाई उत्पादन र आम्दानीको केन्द्र बनाउन सकिन्छ : बालेन शाह

हिमाल प्रेस १२ फागुन २०८२ १७:०१ | Tuesday, February 24, 2026
14
SHARES
पूर्वलाई उत्पादन र आम्दानीको केन्द्र बनाउन सकिन्छ : बालेन शाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पूर्वी नेपाललाई आर्थिक सम्भावनाको केन्द्रका रूपमा प्रस्तुत गरेका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभामा उनले पूर्व क्षेत्रको प्राकृतिक स्रोत, कृषि उत्पादन र धार्मिक सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा उपयोग गर्न सके समृद्धि सम्भव हुने बताएका हुन्।

शाहले पूर्वलाई ‘हेरिरहने’ मात्र होइन, ‘उत्पादन र आम्दानीको आधार’ बनाउने अवधारणा अघि सारे। पूर्वी तराईमा बाढी र सुख्खा दुवै समस्या दोहोरिने यथार्थ बताउँदै उनले दिगो सिँचाइ प्रणाली आवश्यक रहेको बताए।

वर्षायाममा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण र सुख्खा मौसममा नियमित सिँचाइ उपलब्ध गराउने संरचना विकास गर्नु पर्ने उनको धारणा थियो।

खेतीयोग्य जमिन बालुवाले पुरिने र पानी अभावका कारण बाँझै बस्नुपर्ने अवस्था अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उनले औंल्याए।

पूर्वका धार्मिक तथा सांस्कृतिक स्थललाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने उनले बताए। विशेषगरी पाथीभरा देवी मन्दिर, मुक्मलुङ र खुवालुङ जस्ता स्थललाई देशभरका नागरिकको साझा आस्थाको केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

धार्मिक पर्यटन विस्तारले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्ने उनले बताए।

पूर्व क्षेत्र देशकै पहिलो औद्योगिक आधार भएको स्मरण गराउँदै शाहले नयाँ उद्योग स्थापना गर्न झन्झटिलो प्रशासनिक प्रक्रिया र राजनीतिक हस्तक्षेप मुख्य अवरोध बनेको आरोप लगाए। उद्योग खोल्न नेतादेखि कर्मचारीसम्म ‘ढोग्नुपर्ने’ अवस्था अन्त्य गरिने उनले प्रतिबद्धता जनाए।

उनका अनुसार उद्योग सञ्चालनपछि देखिने ‘चन्दा आतंक’ रोक्न कडा व्यवस्था आवश्यक छ। लगानीकर्तालाई सुरक्षित र सहज वातावरण सुनिश्चित नगरी आर्थिक विकास सम्भव नहुने उनको तर्क थियो।

शाहले पूर्वमा फुटबल रंगशाला निर्माण र खेलाडी उत्पादनमा लगानी गर्ने प्रतिबद्धता पनि जनाए। खेल क्षेत्रलाई युवाको अवसर र पहिचानसँग जोड्दै उनले यसलाई आर्थिक र सामाजिक रूपान्तरणको माध्यमका रूपमा व्याख्या गरे।

प्रकाशित: १२ फागुन २०८२ १७:०१ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast