निर्वाचनमा शिक्षकलाई अपमानजनक ढंगले खटाइएकोमा शिक्षक संघको आपत्ति

हिमाल प्रेस १० फागुन २०८२ १४:२६ | Sunday, February 22, 2026
186
SHARES
निर्वाचनमा शिक्षकलाई अपमानजनक ढंगले खटाइएकोमा शिक्षक संघको आपत्ति

काठमाडौँ- नेपाल शिक्षक संघले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शिक्षकलाई अपमानजनक र विभेदपूर्ण ढंगले खटाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन शिक्षक प्रतिबद्ध रहेता पनि हालै गरिएका निर्णयहरू शिक्षकको मर्यादा विपरीत रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘मुलुकभरका मतदान केन्द्रहरूमा शिक्षकलाई खटाउने क्रममा अत्यन्त न्यून सङ्ख्यामा मात्र सहभागी गराइएको र खटाइएका ठाउँमा पनि पदीय मर्यादाको ख्याल नगरी मानमर्दन हुने गरी निर्णयहरू गरिएको सूचना प्राप्त भएको छ।’

संघले राष्ट्रिय गौरवको कार्यक्रममा सहयोग पुर्‍याउनु शिक्षकको दायित्व भए पनि पदीय हैसियतभन्दा तल राखेर गरिएका विभेदपूर्ण निर्णयहरू मान्य नहुने बताएको छ।

महासचिव रावलले सम्बन्धित निकायलाई शिक्षकको पदीय मर्यादालाई आत्मसात गरी गलत निर्णयहरू तत्काल सच्याउन आग्रह गरेका छन्।

‘यदि मर्यादित तवरले पुनः निर्णय नगरिएमा र अपमानजनक व्यवहार कायमै रहेमा शिक्षक साथीहरू निर्वाचनको काममा सहभागी हुन नसक्ने व्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १० फागुन २०८२ १४:२६ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast