टी २० विश्वकप : स्कटल्यान्डसँग जित्दै सुखद यात्रा सम्पन्न गर्न चाहन्छ नेपाल

हिमाल प्रेस ५ फागुन २०८२ ६:४४ | Tuesday, February 17, 2026
6
SHARES
टी २० विश्वकप : स्कटल्यान्डसँग जित्दै सुखद यात्रा सम्पन्न गर्न चाहन्छ नेपाल भारतको मुम्बईमा आइतबार इंगल्यान्ड र नेपालबीच भएको टी–२० विश्वकप क्रिकेट खेलका क्रममा उत्साहित नेपाली क्रिकेट टोलीका समर्थक। तस्बिर : एपी/रासस

काठमाडौँ- आईसीसी टी २० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ। सुरुवाती ३ खेलमा लगातार हार भोग्दै सुपर ८ दौडबाट बाहिरिसकेको नेपाली टोली मंगलबारको खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रदा सुखद् अन्त्यको योजनामा छ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटको हार भोग्यो। नेपालसँग खेल्नुअघि नै स्कटल्यान्ड पनि सुपर ८ को दौडबाट बाहिरिसकेको छ। सोमबार दिउँसो भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर ८ मा पुगेपछि स्कटल्यान्डको सम्भावना पनि सकिएको हो।

पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा भने इटालीलाई ७३ रनले हराएको थियो। समूह चरणको तेस्रो खेलमा इंल्यान्डसँग ५ विकेटको हार भोगेको थियो। नेपाल रहेको समूहबाट वेष्ट इन्डिज र इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएपछि स्कटल्यान्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।

विश्वकपमा आजै समूह डी को क्यानडा र न्यु जिल्यान्ड भिड्नेछन्। समूह बी को खेलमा जिम्बाबे र आयरल्यान्ड खेल्ने तालिका छ। विश्वकपमा अहिलेसम्म सुपर ८ मा पुग्ने ५ टोलीको टुंगो लागिसकेको छ। बाँकी ३ टोलीको टुंगो लाग्न बाँकी छ। अब समूह ए, बी र डी बाट समान एक टोली सुपर ८ को दौडमा छन्।

समूह चरणको खेल जारी रहँदा समूह ए बाट भारत, समूह बी बाट श्रीलंका र समूह डी बाट दक्षिण अफ्रिका सुपर ८ मा पुगेका छन्।

प्रकाशित: ५ फागुन २०८२ ६:४४ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast