टी २० विश्वकप : दीपेन्द्रको धैर्यले वेस्ट इन्डिजविरुद्ध मध्यम लक्ष्य

हिमाल प्रेस ३ फागुन २०८२ १३:०३ | Sunday, February 15, 2026
8
SHARES
टी २० विश्वकप : दीपेन्द्रको धैर्यले वेस्ट इन्डिजविरुद्ध मध्यम लक्ष्य

काठमाडौँ- आईसीसी टी २० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध १३४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले मुम्बईस्थित वानखेडे मैदानमा वेस्ट इन्डिजसँग ८ विकेट गुमाएर १३३ रन बनाएको हो। खेलमा नेपाली टोलीले ब्याटिङको संघर्ष गर्नुपरेको थियो। तर अन्त्यतिर दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले उकास्ने प्रयत्न गरे। ऐनले आजको खेलमा अर्धशतक प्रहार गरे। उनी ४७ बलमा ५८ रन जोडेर आउट भए। सोमपाल कामी २६ रनमा अविजित रहे ।

लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए । खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: ३ फागुन २०८२ १३:०३ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast