टी २० विश्वकप क्रिकेट : आयोजक श्रीलंकासँग आयरल्यान्ड स्तब्ध

हिमाल प्रेस २६ माघ २०८२ ७:१७ | Monday, February 9, 2026
6
SHARES
टी २० विश्वकप क्रिकेट : आयोजक श्रीलंकासँग आयरल्यान्ड स्तब्ध

काठमाडौँ- श्रीलंकाले आईसीसी पुरुष टी२० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको को १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी रहँदा १४३ रनमा समेटियो । ह्यारी टेक्टरले ४०, रस अडायरले ३४, लोर्कन टकरले २१, कर्टिस क्याम्फरले १३ र मार्क अडायरले १० रन बनाए ।

श्रीलंकाका लागि महीश थिक्साना र वानिन्दु हसरंगाले ३–३, मथिसा पथिरानाले २ तथा दुश्मन्था चमिरा र दुनिथ वेलालगेले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुसल मेन्डिसले ४३ बलमा ५ चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी, कामिन्दु मेन्डिसले ४४, पथुम निसन्काले २४, कामिल मिश्रले १४ र दुनिथ वेलालगेले १० रन बनाए ।

आयरल्यान्डका लागि बेरी म्याकर्थी र जर्ज डकरेलले २–२ तथा मार्क अडायर र ग्यारेथ डेलानीले १–१ विकेट लिए ।

प्रकाशित: २६ माघ २०८२ ७:१७ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast