उम्मेदवारी छाडेर कांग्रेसलाई समर्थन

हिमाल प्रेस २६ माघ २०८२ ६:४९ | Monday, February 9, 2026
16
SHARES
उम्मेदवारी छाडेर कांग्रेसलाई समर्थन

काठमाडौँ- दोलखामा स्वतन्त्र उम्मेदवार रहेका महेन्द्र खड्काले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन्।

तामाकोशी–४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच खड्काले उम्मेदवारी फिर्ताको घोषणा गरेको दोलखा कांग्रेसले जनाएको छ।

उम्मेदवारी फिर्ता लिँदै खड्काले जेनजी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरेको कांग्रेसले जनाएको छ।

उनले उम्मेदवारी फिर्ताको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम पनि देखिने छ। किनकि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय सकिइसकेको छ।

खड्काले आफूलाई मत नदिइ अब शिवाकोटीलाई मत दिनसमेत आग्रह गरेका छन्।

 

प्रकाशित: २६ माघ २०८२ ६:४९ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast