निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

हिमाल प्रेस १० फागुन २०८२ ११:१४ | Sunday, February 22, 2026
12
SHARES
निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो।

यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७:०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूले जानकारी दिए।

मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसार नियमनका लागि बिक्री वितरणमा र उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफलपछि कडाइ गर्ने निर्णय भएको उनले बताए।

मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरणमा पूर्ण रूपमा निषेध गर्ने, फागुन ११ देखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारूले जानकारी दिए।

‘व्यवसायीहरूसँगको छलफलपछि मदिराजन्य वस्तु बिक्री वितरणमा तथा ओसारपसार नियमन गर्ने निर्णय गरेका छौँ’, उनले भने,‘यदि उक्त निर्णयको उल्लंघन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ।’

निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: १० फागुन २०८२ ११:१४ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast