रवि भन्छन्- बलियो सरकार बन्ने आशा जागेको छ

हिमाल प्रेस ४ फागुन २०८२ १३:४२ | Monday, February 16, 2026
6
SHARES
रवि भन्छन्- बलियो सरकार बन्ने आशा जागेको छ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

सोमबार चितवनको कालिका नगरपालिका-३ मा स्थानीयहरूसँगको छलफलमा लामिछानेले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको बताए।

उनले भने,‘अहिले देशभर माहोल हामीतर्फ सकारात्मक छ र आगामी निर्वाचनपछि बलियो सरकार बन्ने छ। यसले जनताको समस्या समाधान गर्न मद्दत गर्नेछ।’

सरकारमा रहँदा जनताको समस्या समाधान गर्ने धेरै प्रयास गरे पनि पूरै पूरा गर्न नसकेको उनले स्वीकार गरे। लामिछानेले भने,‘पहिला चितवनमा काम सुरु गर्दा माहोल सहज थिएन। अब भने बलियो सरकार बन्ने आशा जागेको छ। म सुकुम्बासी समस्याबारे पहिलेदेखि नै अवगत छु। नेताहरूले केवल मुखका शब्द होइन, काम गरेर देखाउनुपर्छ।’

कालिका-३ का स्थानीयले पटकपटक सुकुम्बासी समस्या समाधानको आश्वासन पाएका भए पनि समस्या समाधान नभएको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ४ फागुन २०८२ १३:४२ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast