काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टी र नेतृत्वका विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका गलत टीकाटिप्पणी तथा भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्ष सन्तोष परियारले आज विज्ञप्ति गर्दै नेतृत्वसम्बन्धी कुनै विवाद वा असहज अवस्था नरहेको बताए।
पार्टीका सम्पूर्ण नेताहरू एकताबद्ध रूपमा निर्वाचनमा केन्द्रित भएको उनले बताए।
आधारहीन प्रचारप्रसार र भ्रामक समाचारमा विश्वास नगर्न परियारले आम पार्टीपंक्ति तथा जनतालाई अपिल गरेछन्।
प्रकाशित: २१ माघ २०८२ १६:४६ | Wednesday, February 4, 2026
प्रतिक्रिया



