काइरोमा नेपाल चिनाउने फोटो प्रदर्शनी

हिमाल प्रेस १२ फागुन २०८२ १७:४८ | Tuesday, February 24, 2026
6
SHARES
काइरोमा नेपाल चिनाउने फोटो प्रदर्शनी

काठमाडौँ- काइरोस्थित नेपाली दूतावासले काइरो ओपेरा हाउसमा फोटो प्रदर्शनी गरेको छ। दूतावासले इजिप्टको संस्कृति मन्त्रालय र काइरो ओपेरा हाउसको सहकार्यमा प्रदर्शन गरेको छ।

प्रदर्शनीमा राजदूत सुशीलकुमार लम्सालले यस्का प्रदर्शनीले दुवै देशको द्वीपक्षीय सम्बन्ध बलियो बनाउने बताए। साथै उनले संस्कृति आदानप्रदानका लागि निरन्तर सहयोग गरेकोमा इजिप्ट सरकारको प्रशंसा पनि गरे।

प्रदर्शनीमा फोटो पत्रकार असरफ तलाटको तस्बिरहरू प्रदर्शनीमा राखिएको छ। कार्यक्रममा तलाटले नेपाल संस्कृतिमा धनी भएको र आफूले ती सम्पदाहरू तस्बिरमा कैद गर्दाको अनुभव सुनाएका थिए।

काइरो हाउसको सलाह तहेर ग्यालरीमा भइरहेको प्रदर्शनी २६ फेब्रुअरीसम्म चल्नेछ।

प्रकाशित: १२ फागुन २०८२ १७:४८ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast