पूजा र सम्झनाको अर्धशतकको बाबजुत पनि यूएईसँग हार्‍यो नेपाली महिला टोली

हिमाल प्रेस ३ फागुन २०८२ १२:०५ | Sunday, February 15, 2026
8
SHARES
पूजा र सम्झनाको अर्धशतकको बाबजुत पनि यूएईसँग हार्‍यो नेपाली महिला टोली नेपाली महिला टिम। ओपनर सम्झना खड्का र कप्तान पूजा महतो। तस्बिर : एसीसी

काठमाडौँ- नेपाल एसीसी राइजिङ स्टार्स महिला क्रिकेटमा आइतबार युएईसँग १८ रनले पराजित भएको छ। कप्तान पूजा महतो र सम्झना खड्काको अर्धशतकको बावजुत पनि नेपाल पराजित भएको हो। यूएईले दिएको १९० रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाउन सक्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ५८ र कप्तान पूजाले ५३ रन बनाइन्।

ओपनर विन्दु रावल १६ रन बनाएर चौथो ओभरमा आउट भएपछि कप्तान पूजा र सम्झनाले दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे । सम्झनाले ३९ बल खेल्दा ११ चौका प्रहार गरिन् । पूजाले ३५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरिन्।

सीता राना मगरले १५ बल खेल्दै २ चौका मदतमा अविजित २२ रन जोडिन् । कविता कुँवर ७ र रुवि पोदार ४ रनमा आउट भए । रोमा थापा ९ रनमा अविजित रहिन् । यूएईकी सुरशा कोट्टे र हिना होत्चान्दनीले २-२ विकेट लिए ।

त्यसअघि थाइल्यान्डको तेरथाई क्रिकेट मैदान नेपालले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यूएईले सुरुवाती तीन विकेट सस्तैमा गुमाएपनि कप्तान इशा ओझाले सानदार ब्याटिङ गर्दै शतक प्रहार गरेपछि ४ विकेट गुमाएर १८९ रन बनाएको थियो।

ओपनर तिर्था सतिश १, समाइरा धार्नीधर्का शुन्य र रिनिथा रजित ४ रनमा आउट भएपछि युएईको इनिङ्स सुरुमै धर्मराएको थियो । तर इशाले कप्तानी इनिङ्स खेल्दै यूएईलाई सम्हालिन् ।

इशाले ६३ बल खेल्दै १४ चौका र ९ छक्का प्रहार गर्दै १२५ रन बनाइन् । उनले बाउन्ड्रीबाट मात्रै ११० रन जोडेकी थिइन् । इनिङ्सको अन्तिम बलमा इशा रनआउट हुनुअघि उनले हिना होत्चान्दनीसँग मिलेर चौथो विकेटका लागि १६७ रनको साझेदारी गरेकी थिइन् ।

नेपालका लागि मनिषा उपाध्ययले २ र कविता कुँवरले १ विकेट लिए । नेपालले अब समूह को अन्तिम खेलमा भारत ए सँग खेल्नेछ ।

प्रकाशित: ३ फागुन २०८२ १२:०५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast