नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीलाई मृत्युदण्ड दिन कानुन बनाउने प्रतिबद्धता

हिमाल प्रेस ३ फागुन २०८२ १६:२० | Sunday, February 15, 2026
8
SHARES
नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीलाई मृत्युदण्ड दिन कानुन बनाउने प्रतिबद्धता

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुल कार, सुरुङमार्ग, रेलमार्ग, अवलम्वन गर्नुपर्ने, सरकारी कर्मचारहीलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा व्याज तिर्न पनि ऋण लिने देशघाती कामको विरोध जारी राख्ने उल्लेख गरिएको छ।

त्यस्तै भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने, निर्वाचित जनप्रतिनिधिहरु आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानून व्यवस्था गराउने लगायत समेत घोषणापत्रमा उल्लेख छ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ऐन, कानुनका विषयमा छलफल गर्ने, देशलाई अघि बढाउने नीति लिने लगायतका विषयमा पार्टीको जोड रहेको बताए। सदनमा जनताको विषयलाई छलफल गर्ने थलो बनाउनुपर्ने र उम्मेदवारहरुले समेत आफ्नो एजेण्डा राम्रोसँग जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए।

अध्यक्ष बिजुक्छेले ठूला दलहरुले अब हुने प्रधानमन्त्रीमा जोड दिएको भन्दै सदनले ठीक छ भनेको व्यक्तिलाई मात्रै प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिए। यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामका बारेमा आगामी सदनमा स्पष्ट पार्न सक्नुपर्नेमा उनले जोड दिए। उनले जनताले राम्रोसँग घोषणापत्र हेरेर मात्रै मत दिन आह्वान समेत गरे।

प्रकाशित: ३ फागुन २०८२ १६:२० | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast