काठमाडौँ- नइ एकेडेमीले ३४ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ ले सम्मान गर्ने भएको छ। एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘साहित्यकार विजय मल्लको शताब्दी महोत्सवका अवसरमा उनका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धान, नाट्यमञ्चन तथा फिल्म निर्माणकासाथै प्रचार गर्नेहरुलाई सम्मान गर्न लागिएको हो।’
उक्त पदक आगामी फागुन १६ प्रदान गरिनेछ। पदक पाउने साहित्यकारहरू अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, रहेका छन्।
त्यस्तै मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षेत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाललाई सम्मान गरिनेछ।



