काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वनेता महेश्वर दाहालले रुकुम पश्चिममा पुष्पकमल दाहाल प्रचण्ड सहिदपुत्रसँग भिडेर स्वाभिमानको धज्जी उडाएको टिप्पणी गरेका छन्।
प्रचण्ड सहिद पुत्रसँग भिड्नुलाई महेश्वरले स्वाभिमानको सपनामाथि धज्जी उडाएको बताएका हुन्। आगामी निर्वाचनमा प्रचण्ड रुकुम पूर्वमा पूर्वमाओवादी नेता एवं सहिद पुत्र सन्दीप पुनसँग भिड्दैछन्।
पुन द्वन्द्वकालमा आमाबुवा गुमाएका व्यक्ति हुन्। तिनै पुनसँग प्रचण्ड भिड्नुलाई महेश्वरले गलत भनेका छन्। महेश्वरले पनि सिन्धुली २ बाट बागी उम्मेदवारी दिएका छन्।
नेकपाले पूर्वमाओवादी नेता राजन दाहाललाई उठाउने भएपछि महेश्वरले हरिबोल गजुरेलको साथमा सोही क्षेत्रमा बागी उम्मेदवारी दिएका छन्। यसबारे महेश्वरले राजनलाई प्रचण्डको गोजीको उम्मेदवार भनेका छन्।



