लिची बगैँचा प्रकरण : पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

हिमाल प्रेस १० फागुन २०८२ १८:४९ | Sunday, February 22, 2026
14
SHARES
लिची बगैँचा प्रकरण : पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ- पोखराको लिची बगैँचा जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ।

आज (आइतबार) विशेष अदालत अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेको हो। चौधरीविरुद्ध आज थुनछेक बहस भएको थियो।

यसअघि सोही प्रकरणमा पूर्व पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश गरेको थियो।

तत्कालीन मन्त्री गुप्ताले मालपोत कार्यालय कास्की प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र खमबहादुर पुनलाई भूमि समस्या समाधान आयोगको कास्कीको अध्यक्ष पदमा नियुक्त गर्न गराउन सहजीकरणका लागि २५ लाख घुस लिएको अख्तियारले आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।

तत्कालीन मन्त्री गुप्ताले अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख र भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक पनि भएको थियो।

सो अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो। त्यसपछि अख्तियारले दुई पूर्वमन्त्री गुप्ता र तत्कालीन भूमि मन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध असोज २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८(७८ लाख बिगो मागदाबी गरेको छ। त्यस्तै सुजनकुमार तामाङ, यामकुमारी गुरुङ, तुल्सीराम बुढामगर, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र खमबहादुर पुनलाई समेत प्रतिवादी बनाइएको थियो।

प्रकाशित: १० फागुन २०८२ १८:४९ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast