काठमाडौँ- जापान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाललाई ३९ करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ। जापानले खाद्य सहायता परियोजनाको कोषबाट सो सहयोग गरेको हो।
यो सहयोगले निर्वाचनका लागि प्रयोग गरिएको सफ्टवेयर व्यवस्थापन, निर्वाचन अधिकारीहरूलाई अभिमुखीकरण, मतदाता शिक्षालगायतका गतिविधि सञ्चालन गरिने नेपालस्थित जापानी दूतावासले जनाएको छ।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको छ। यस किसिमको सहकार्यले नेपाल र जापानबीचको सम्बन्ध अझ बलियो बनाउने दूतावासको विश्वास छ।

प्रकाशित: १२ फागुन २०८२ १७:१७ | Tuesday, February 24, 2026
प्रतिक्रिया





