जन्ती बस दुर्घटना : पुर्चौडीमा शोक बिदा

हिमाल प्रेस २३ माघ २०८२ १०:४९ | Friday, February 6, 2026
14
SHARES
जन्ती बस दुर्घटना : पुर्चौडीमा शोक बिदा

काठमाडौँ- बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ। बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो।

नगरपालिकाद्वारा जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ।

बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो।

पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।

प्रकाशित: २३ माघ २०८२ १०:४९ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast