जय ट्रफी : पुलिसमाथि आर्मीको जित

हिमाल प्रेस ९ फागुन २०८२ १२:२९ | Saturday, February 21, 2026
6
SHARES
जय ट्रफी : पुलिसमाथि आर्मीको जित

काठमाडौँ- जय ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध सहज जित हासिल गरेको छ। आर्मीका स्पीन बलरले मिलेर ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाएर ४१ रनको अग्रताका साथ आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो। पहिलो सत्रमै आर्मीले ९ विकेटको जित निकाल्यो। कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाए। इमरान शेख १ रनमा आउट भए।

त्यसअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमा अलआउट भएर ४१ रनको अग्रता बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन्। राशिद खान ९, शंकर राना ८, दिलसाद अली ६ रनमा आउट भए । अमित श्रेष्ठले ४ रन बनाउँदा कप्तान आरिफ शेखले ३ रन मात्र बनाए ।

आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए। कुशल मल्लले ३ तथा शाहब आलमले २ अनि आकाश चन्दले १ विकेट लिए। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३-८ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए । दिलसाद अलीले २७ रन बनाए।

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १-१ विकेट लिए । त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो। आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे । पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए । पुलिसका लागि सागर ढकालले ६ विकेट लिए। ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

प्रकाशित: ९ फागुन २०८२ १२:२९ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast