गगन थापा आज सप्तरी जाँदै, कंकालिनी मन्दिरको दर्शन गरेर सम्बोधन गर्ने

हिमाल प्रेस २७ माघ २०८२ ९:०० | Tuesday, February 10, 2026
8
SHARES
गगन थापा आज सप्तरी जाँदै, कंकालिनी मन्दिरको दर्शन गरेर सम्बोधन गर्ने सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा मंगलबार सप्तरी जाँदैछन्। निर्वाचनलक्षित नेता–कार्यकर्ता भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

पार्टीका जिल्ला सभापति एवं सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेव साहका अनुसार थापाले भारदहस्थित कंकालिनी मन्दिरको दर्शन गरी क्षेत्र नम्बर १ को कार्यालय पुगेर सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि क्षेत्र नम्बर ३ को कठौनामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ।

क्षेत्र नम्बर ४ मा पनि कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको साहले जानकारी दिए।

प्रकाशित: २७ माघ २०८२ ९:०० | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast