समालोचक भन्छन्- लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्‌’ मा अनुभव र स्मृतिको संयोजन छ

हिमाल प्रेस २५ माघ २०८२ ११:५० | Sunday, February 8, 2026
14
SHARES
समालोचक भन्छन्- लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्‌’ मा अनुभव र स्मृतिको संयोजन छ

पोखरा- पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’ माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ।

र्‍यान्डम रिडर्स सोसाइटीले नियमित श्रृङ्खलाअन्तर्गत कथाकार वियोगीको उक्त कृतिमाथि विमर्श कार्यक्रम गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्याकसमेत रहेका समालोचक डा. नेत्र एटमले वियोगीको कृतिका कथा अनुभव र स्मृतिको संयोजन गरेर जीवन्त बनेको धारणा राखे।

कथामा अवलोकन पद्धतिलाई अधिक महत्त्व दिइएको उनको बुझाई थियो। साथै सामाजिक तथा सांस्कृतिक पक्ष समेटिनु कथाको बलियो पक्ष रहेको उनले बताए।

साहित्यकार सरुभक्तले कथाकार वियोगीका कथाले जनमानसलाई छुन सक्ने सामर्थ्य राख्ने बताए। उनले र्‍यान्डम रिडर्स सोसाइटीले गर्ने बौद्धिक बहसको एउटा सुन्दर शृङ्खलामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा कथाकार वियोगीले आफूले जीवनका विभिन्न मोडमा देखेका र भोगेका विषषयवस्तुलाई कथामा उतारेको अनुभव सुनाए।

उनले ‘सत्यम्’ भित्रका कथाहरू समय र सत्यका आवाज भए पनि कतिपय आफूले न्याय गर्न नसकेको बताए। १५ ओटा कथा समेटिएको यो उनको पहिलो कथासङ्ग्रह हो।

सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ ले सञ्चालनमा गरेको कार्यक्रममा अध्यक्ष दीपक पराजुलीको अध्यक्षका रुपमा उपस्थित थिए।

पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको उक्त कृति गत जेठमा काठमाडौँमा विमोचन गरिएको थियो।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ।

प्रकाशित: २५ माघ २०८२ ११:५० | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast