कांग्रेसले मधेश प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने

हिमाल प्रेस ३ फागुन २०८२ १८:१९ | Sunday, February 15, 2026
26
SHARES
कांग्रेसले मधेश प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले मधेश प्रदेशबाट पार्टीको संकल्पपत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले मधेश प्रदेशाट संकल्पपत्र सार्वजनिक गर्ने भएको हो।

यसअघि कांग्रेसले आइतबार (आज) काठमाडौँमा चुनावी संकल्पपत्र सार्वजनिक गर्ने तयारी गरेको थियो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँमा संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। उनले काठमाडौँमा संकल्पपत्र सार्वजनिक गर्ने तयारी गरे पनि स्थगन गरी माघ ६ गते मधेश प्रदेशबाट सार्वजनिक गर्ने निर्णय भएको बताए।

फागुन ६ गते कांग्रेसले जनकपुरधाममा आमसभा गर्ने तयारी गरेको छ। आमसभामार्फत चुनावको संकल्पपत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भने अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

आइतबारमात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

नेकपा (एमाले) ले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिकको तयारी गरेको सो पार्टीका निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए। नेपाली कम्युष्टि पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चालगायतका दलले केही दिन पहिला घोषणपत्र सार्वजनिक गरिसकेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरी यही फागुन ३ गतेभित्र पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा निर्वाचनमा सहभागी हुने राजनीतिक दलले निर्वाचन आयोग र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको थियो।

प्रकाशित: ३ फागुन २०८२ १८:१९ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast