उम्मेदवार जिताउन कांग्रेसले थाल्यो विशेष अभियान

हिमाल प्रेस २१ माघ २०८२ ११:१४ | Wednesday, February 4, 2026
2
SHARE
उम्मेदवार जिताउन कांग्रेसले थाल्यो विशेष अभियान

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रामेछापले १८ देखि ३० विशेष अभियान परिचालन समितिको जिल्ला संयोजकको जिम्मेवारी सञ्जय बुढाथोकीलाई दिएको छ।

कांग्रेस जिल्ला कार्यसमिति रामेछापले कांग्रेसका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यसहित बुढाथोकीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

जिल्ला सभापति तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर तामाङ (कान्छाराम) ले जारी गरेको पत्रअनुसार बुढाथोकीले रामेछाप जिल्लाका सबै वडामा १८ देखि ३० विशेष अभियान सञ्चालन गरी कांग्रेसको पक्षमा मतदानको वातावरण बनाउने जिम्मेवारी पाउनेछन्।

पत्रमा संयोजक बुढाथोकीलाई आफू संयोजक रहेको समितिलाई पूर्णता दिई सदस्यहरूको नाम र सम्पर्क नम्बर जिल्ला निर्वाचन परिचालन समितिमा उपलब्ध गराउन अनुरोध गरिएको छ। निर्वाचन अवधिभर तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरिएको छ।

प्रकाशित: २१ माघ २०८२ ११:१४ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast