काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरी प्रदेशगत जिम्मेवारी तोकेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो।
पार्टी संगठनलाई सक्रिय बनाउँदै चुनावी रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ केन्द्रदेखि प्रदेशसम्मको समन्वय मजबुत बनाउने गरी जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ।
प्रदेशगत जिम्मेवारी पाएका नेताहरूले आआफ्नो क्षेत्रका जिल्ला तथा स्थानीय तहसम्म संगठन परिचालन, चुनावी अभियान व्यवस्थापनको जिम्मा सम्हाल्नेछन्।
सूची
प्रकाशित: २० माघ २०८२ १६:०४ | Tuesday, February 3, 2026
प्रतिक्रिया



