तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

हिमाल प्रेस १० फागुन २०८२ १६:०१ | Sunday, February 22, 2026
30
SHARES
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौँ- निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा बिदाबारे चासो बढिरहेका बेला आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरेको हो। अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन २१ गते देशभर एकैचरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउन तीन दिन बिदा आवश्यक ठानिएको छ।  उनले आइतबार हिमालप्रेससँग कुरा गर्दै भने, ‘२०, २१ र २२ गते बिदाको सिफारिस गरेका हौं।’

देशभरका विद्यालयलाई मतदान केन्द्र तोकिएको छ। मतदान सामग्री ढुवानी, कर्मचारी परिचालन तथा मतदाताको सहज आवतजावतलाई ध्यानमा राख्दै बिदा आवश्यक देखिएको आयोगको भनाइ छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला पनि आयोगले तीन दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको थियो।

प्रकाशित: १० फागुन २०८२ १६:०१ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast