आफूले विकास गरेको दाबी गर्दै ओलीले भने : झापामा कालोपत्र नभएको सडक खोज्नुपर्छ

हिमाल प्रेस ६ फागुन २०८२ १४:०० | Wednesday, February 18, 2026
आफूले विकास गरेको दाबी गर्दै ओलीले भने : झापामा कालोपत्र नभएको सडक खोज्नुपर्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कालोपत्रे नभएको सडक खोज्नु पर्ने अवस्था पुगेको बताएका छन्।‍ आज झापाको दमकमा तीन पांग्रे सवारी चालक श्रमिकसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो पटक यो क्षेत्रमा आफू चुनाव प्रचारमा हिँड्दा गाडीमा नै कादालो बोकेर हिड्नु पर्ने गरेको स्मरण गरे।

खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालोपत्रे सडक नभएको क्षेत्र खोज्दै हिड्नु परेको ओलीको दाबी छ। ओलीले पछिल्लो २०७२ देखि ८२ सालको दसवर्षमा नेपालमा असाधारण रुपमा विकासले फड्को मारेको बताए।

न्युन आय आर्जन गर्ने मजदुर बर्गको हित र भोकमरीको अन्त्य गर्ने पक्षमा नेकपा एमाले लडिरहने अध्यक्ष उनको भनाइ छ ।

प्रकाशित: ६ फागुन २०८२ १४:०० | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast