चीनद्वारा ४० जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध

हिमाल प्रेस १२ फागुन २०८२ १७:२८ | Tuesday, February 24, 2026
10
SHARES
चीनद्वारा ४० जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध चीनको तिआनजिनस्थित युजियापु वित्तीय क्षेत्र। यहाँका पाँचमध्ये चार भाग कार्यालय खाली छन्।

काठमाडौँ- चीनले जापानका ४० कम्पनीहरूमाथि निर्यातसम्बन्धी प्रतिबन्ध लगाएको छ। बेइजिङले मंगलबार ती जापानी कम्पनीहरूलाई अब दोहोरो प्रयोग (सैन्य र नागरिक) हुन सक्ने कुनै पनि सामान नबेचिने जनाएको हो। चीनले राष्ट्रिय सुरक्षाका कारण जापानी कम्पनीमाथि प्रतिबन्ध लगाएकाे समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

प्रतिबन्धको दायरामा परेका कम्पनीहरूमा मित्सुबिसी हेभी इन्डस्ट्रिज र जापानको अन्तरिक्ष एजेन्सीसमेत रहेका छन्। साथै चीनको वाणिज्य मन्त्रालयले अन्य २० वटा जापानी कम्पनीहरूलाई निगरानी र समीक्षाको घेरामा राखेको छ। यी कम्पनीलाई बेचिने चिनियाँ सामानको निर्यातअघि गहिरो अनुसन्धान गरिनेछ।

विश्वका दोस्रो र तेस्रो ठूला अर्थतन्त्र भएका यी दुई देशबीच विगत १०-१५ वर्षदेखि मतभेद गहिरिँदै गएको छ। चीनले आफ्ना लडाकु विमानमार्फत वायुक्षेत्रको उल्लंघन गर्ने गरेको आरोप जापानले लगाउँदै आएको छ। नोभेम्बर २०२५ मा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले चीनले ताइवानमाथि हमला गरेमा जापानले हस्तक्षेप गर्न सक्ने बताएकी थिइन्।

सनाएको यो अभिव्यक्तिपछि चीनले जापानविरुद्ध विभिन्न कदम चालिरहेको छ। चीनले आफ्ना नागरिकलाई जापान नजान चेतावनीसमेत दिएको छ। जनवरी २०२६ मा जापान आउने चिनियाँ पर्यटकको संख्यामा ६१ प्रतिशतले गिरावट आएको छ।

प्रकाशित: १२ फागुन २०८२ १७:२८ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast