अमेरिकाको भर्जिनियामा छत्रबहादुरद्वारा पत्नी र छोरीको हत्या

हिमाल प्रेस १२ फागुन २०८२ १५:२४ | Tuesday, February 24, 2026
26
SHARES
अमेरिकाको भर्जिनियामा छत्रबहादुरद्वारा पत्नी र छोरीको हत्या

काठमाडौँ- अमेरिकाको भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहानै एउटा स्तब्ध बनाउने पारिवारिक हत्याकाण्ड भएको छ। घटनामा ५० वर्षीय छत्रबहादुर थापाले पर्सिमन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो चक्कु प्रहार गरी पत्नी र छोरीको हत्या गरेको अमेरिकी सञ्चारमाध्यम नेपयोर्कले जनाएको छ।

बिहान करिब ५:१५ बजे घरेलु हिंसाको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले उक्त दृश्यलाई ‘कल्पनाभन्दा बाहिरको बीभत्स र भयानक’ भनी वर्णन गरेका छन्।

थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेतले बाहिर कारको हिउँ पन्छाउँदै गर्दा भित्र होहल्ला सुनेपछि ९११ मा फोन गरेका थिए। हतारिँदै भित्र जाँदा बस्नेतले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगताम्मे अवस्थामा फेला पारेका थिए।

त्यसपछि थापाले बस्नेतमाथि पनि हतियार प्रहार गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन्। घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेको अवस्थामा फेला पारेका थिए र उनलाई पटकपटक हतियार फाल्न आदेश दिएका थिए। उनले आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको छ।

प्रकाशित: १२ फागुन २०८२ १५:२४ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast