काठमाडौँ- काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका दुई वटा बस एकापसमा ठोक्किएका छन् । शुक्रबार नागढुंगा नजिक बुटवल जान लागेको लु प ०१–००१ ख ०३२ नम्बरको बस र दाङ जान लागेको लु २ ख ६४६१ नम्बरको बस एकापसमा ठोक्किएका नागढुंगाका प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिए ।
उनका अनुसार दाङ जाने बसको ब्रेक नलागेपछि अर्को बससँग ठोक्किन पुगेको हो । मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रकाशित: २४ माघ २०८२ ६:५० | Saturday, February 7, 2026
प्रतिक्रिया



