बंगलादेश चुनाव : भारतीय प्रधानमन्त्री मोदीले दिए तारिक रहमानलाई बधाई

हिमाल प्रेस १ फागुन २०८२ ११:३६ | Friday, February 13, 2026
12
SHARES
बंगलादेश चुनाव : भारतीय प्रधानमन्त्री मोदीले दिए तारिक रहमानलाई बधाई

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको संसदीय निर्वाचनमा बहुमत ल्याएको बीएनपी र त्यसका अध्यक्ष तारिक रहमानलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा माेदीले लेखेका छन्,‘बंगलादेशी संसदीय निर्वाचनमा बीएनपीलाई स्पष्ट विजय दिलाउनुभएकोमा तारिक रहमानलाई हार्दिक बधाई दिन्छु।’

उनले थप लेखेका छन्,‘यो विजय बंगलादेशका जनताले तपाईंको नेतृत्वमाथि देखाएको विश्वासको प्रतिबिम्ब हो। भारतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशलाई निरन्तर समर्थन गर्नेछ।’

माेदीले नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरे। उनले भने, ‘हाम्रो बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा विकास लक्ष्यहरू अघि बढाउन तपाईंसँग सहकार्य गर्न म उत्सुक छु।’

प्रकाशित: १ फागुन २०८२ ११:३६ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast