ढाका- संयुक्त राज्य अमेरिकाले संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बंगलादेशलाई बधाई दिएको छ।
अमेरिकी दूतावासले शुक्रबार बिहान सन्देश पठाउँदै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र तारिक रहमानको विजयप्रति बधाई दिइएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘सफल निर्वाचनको लागि बंगलादेशका जनतालाई बधाई र बंगलादेश नेशनलिस्ट पार्टी तथा तारिक रहमानलाई तपाईंहरूको ऐतिहासिक विजयको लागि बधाई। संयुक्त राज्य अमेरिका दुवै देशको समृद्धि र सुरक्षाका साझा लक्ष्यहरू पूरा गर्न तपाईंहरूसँग काम गर्न उत्साहित छ।’
अघिल्लो अनौपचारिक परिणामअनुसार बीएनपीले बहुमतसहित अग्रता लिएको छ।
प्रकाशित: १ फागुन २०८२ १०:५७ | Friday, February 13, 2026
प्रतिक्रिया



