प्रधानसेनापतिले गरे सुदूरपश्चिम पृतनाको निरीक्षण, निर्वाचन सुरक्षा त्रुटिरहित गर्न निर्देशन

हिमाल प्रेस १४ फागुन २०८२ १७:१२ | Thursday, February 26, 2026
2
SHARE
प्रधानसेनापतिले गरे सुदूरपश्चिम पृतनाको निरीक्षण,  निर्वाचन सुरक्षा त्रुटिरहित गर्न निर्देशन

महेन्द्रनगर- प्रधानसेनापति अशोकराज सिग्देलले आज (बिहीबार) कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसँग छलफल गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिए। छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ। सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ। त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ।

प्रकाशित: १४ फागुन २०८२ १७:१२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast