प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनको सरक्षामा राज्यका सबै संयन्त्र क्रियाशील रहेको स्पष्ट पारेकी छन्।
उनले गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी तयारी र सुरक्षा अवस्थाबारे सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गरेपछि उक्त कुरा बताएकी हुन्। कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणका लागि प्रभावकारी योजनासाथ हाम्रा सम्पूर्ण संयन्त्र क्रियाशील छन्।’
उनले संलग्न सम्पूर्ण जनशक्तिको मेहनत, प्रतिबद्धता र उच्च मनोबलको सराहना गरेकी छन्। कार्कीले शुक्रबार गण्डकी प्रदेश र शनिबार लुम्बिनी प्रदेशको भ्रमण गरी सुरक्षा अवस्था, निर्वाचन तयारीबारे जानकारी लिएकी थिइन्।
प्रकाशित: ९ फागुन २०८२ २०:४० | Saturday, February 21, 2026
प्रतिक्रिया




