झापामा सिरिन्ज आक्रमणमा एकको मृत्यु, एक पक्राउ

हिमाल प्रेस २३ माघ २०८२ ९:२४ | Friday, February 6, 2026
12
SHARES
झापामा सिरिन्ज आक्रमणमा एकको मृत्यु, एक पक्राउ

बिर्तामोड- भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ। अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा गरेका हुन्।

आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्‍याउने क्रममा बाटोमा मृत्यु भएको हो।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।

सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए।

प्रकाशित: २३ माघ २०८२ ९:२४ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast