काठमाडौँमा राष्ट्रिय हक्की प्रतियोगिता सुरु

हिमाल प्रेस ४ फागुन २०८२ १६:१६ | Monday, February 16, 2026
12
SHARES
काठमाडौँमा राष्ट्रिय हक्की प्रतियोगिता सुरु

काठमाडौँ- नेपाल हक्की संघको आयोजनामा काठमाडौँमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धामा छन्। प्रतियोगिताअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको पुरुष तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–० गोलले पराजित गरेको छ।

त्यस्तै सोमबार नै भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै महिलातर्फको अर्को खेलमा मधेशले कोशीलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमश: रुपैयाँ ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ।

त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई जनही रुपैयाँ ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याच लाई रुपैयाँ २ हजार नगद पुरस्कार दिइने बताइएको छ।

प्रकाशित: ४ फागुन २०८२ १६:१६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast