यम बरालले एकैपटक सार्वजनिक गरे ३ गीत

हिमाल प्रेस २९ पुष २०८२ १२:२८ | Tuesday, January 13, 2026
14
SHARES
यम बरालले एकैपटक सार्वजनिक गरे ३ गीत

काठमाडौँ- गायक यम बरालको स्वर रहेको ३ वटा गीत एकैपटक सार्वजनिक भएकाे छ। काठमाडौँमा कार्यक्रम गर्दै ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ बोलको गीत सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, चर्चित निर्देशक तथा कलाकार दिपाश्री निरौलालगायत उपस्थित थिए।

गायक बरालले लामो समयपछि आफू मुलधारको संगीतमा फर्किएको बताएका छन्। ३५ वर्ष देखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए।

‘यो साँझ फेरि’ बोलको गीतमा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ। जुना कार्की र गायक बरालले अभिनय गरेको गीतको भिडियो केशव राज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादनमा बनेको छ।

दोस्रो गीत ‘जुन र सुनको’ सञ्जय बरालको शब्द र विकास चौधरीको संगीतमा बनेको छ। यो गीतको भिडियो गीतकार बरालले नै निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ। बिक्रम डिसीले छायांकन गरेको भिडियो विकाश धमलाले सम्पादन गरेका हुन्।

तेस्रो गीत ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयंले अभिनय गरेका छन्। नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ।

प्रकाशित: २९ पुष २०८२ १२:२८ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast