स्थानहद फुकुवापछि पहिलोपटक गृहजिल्ला पुगे लेखक, भने- लोकतन्त्र जोखिममा छ

हिमाल प्रेस १२ माघ २०८२ २१:३६ | Monday, January 26, 2026
26
SHARES
स्थानहद फुकुवापछि पहिलोपटक गृहजिल्ला पुगे लेखक, भने- लोकतन्त्र जोखिममा छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्। स्थानहद फुकुवापछि सोमबार पहिलोपटक गृहजिल्ला कञ्चनपुर पुगेका लेखकले यस्तो बताएका हुन्।

‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ,’ लेखकले भने,‘यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ, बलियो बनाउनुपर्छ।’

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए। देशको अवस्था सामान्य नभएकाले संविधान लिकमा ल्याउनका लागि पनि कांग्रेस जित्नुपर्ने उनको भनाइ थियो।

पूर्वगृहमन्त्री लेखक स्थानहद फुकुवापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। लेखकले चुनाव लड्दै आएको क्षेत्र नम्बर ३ कञ्चनपुरमा कांग्रेसले पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १२ माघ २०८२ २१:३६ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast