काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज (मंगलबार) रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको हो।
टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
शेर मल्ला राष्ट्रिय टोलीमा पहिलोपटक परेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका मल्लले विश्वकप खेल्ने टिममा स्थान बनाउन सफल भएका हुन्।
यस्तै बसिर अहमदले पनि टिममा पुनरागमन गरेका छन्। यसअघि विश्वकप एसियाको छनोट खेलेका कुशल मल्ला र मोहम्म आदिल आलम भने विश्वप टोलीमा परेनन्।
प्रकाशित: २२ पुष २०८२ २०:४८
प्रतिक्रिया



