धनगढीमा पतिको कुटपिटबाट पत्नीको मृत्यु

हिमाल प्रेस १२ माघ २०८२ १९:२३
10
SHARES
धनगढीमा पतिको कुटपिटबाट पत्नीको मृत्यु

सुदूरपश्चिम- कैलालीको धनगढी उपमहानगरपालिका-१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।

डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पुर्‍याइएको जनाइएको छ। सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा एक वर्ष कैद सजाय र एक हजार जरिवाना सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ। कैलालीको गोदावरी नगरपालिका–८ का २३ वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो।

यसै गरी डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय र ३० हजार १५० जरिबाना तोकिएर फरार रहेका कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ ढैया टोलका ५० वर्षीय मदन नाथयोगी भनिने मदन विकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ। रासस

प्रकाशित: १२ माघ २०८२ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast