भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई चिर्छौँ : महेश बस्नेत

हिमाल प्रेस ७ माघ २०८२ १०:५०
8
SHARES
भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई चिर्छौँ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका शक्तिभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय भएका बताएका छन्।  फागुन २१ गते हुने चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिको मैदानमा देखा परेका बताए।

उनका अनुसार ती शक्तिहरूको उद्देश्य देश र जनताको जीवन परिवर्तन गर्नु नभई डिजिटल ‘अल्गोरिदम’को खरिद–बिक्रीमार्फत सत्ता कब्जा गर्नु रहेको छ।  ‘देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्, लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्,’ बस्नेतको धारणा छ।

बस्नेतले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सिर्जना गरिएका कृत्रिम आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गरे। ‘उनीहरूका साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको चाहना होइनन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई समयमै चिन्न आवश्यक छ।’

बस्नेतले यस्तो प्रवृत्तिप्रति सजग रहन सबैलाई आह्वान गर्दै अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनु आजको मुख्य चुनौती भएको उल्लेख गरेका छन्।

उनले निर्वाचनलाई लोकतान्त्रिक मूल्य, जनताको अधिकार र राष्ट्रिय हितको रक्षा गर्ने अवसरका रूपमा बुझ्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रकाशित: ७ माघ २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast