काठमाडौँ- नेकपा एमालेले खोटाङको प्रतिनिधिसभा निर्वाचनमा देवविक्रम राई उम्मेदवार बनेका छन्। एक मात्र क्षेत्र रहेको खोटाङमा यसपल्ट केन्द्रीय नेता विशाल भट्टराईले अवसर पाएनन्।
भट्टराई गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। राई जिल्ला कमिटी अध्यक्ष हुन्। उनी चार दशकभन्दा अघिदेखि पार्टीमा काम गर्दै आएका छन्।
पार्टीले आफूलाई उम्मेदवारको रूपमा अघि सारेकोमा राईले आभार व्यक्त गरेका छन्। यस क्षेत्रमा नेकपाबाट हरिरोक्का उठ्ने भएका छन् भने कांग्रेसले उम्मेदवार तय गरेको छैन।
प्रकाशित: ५ माघ २०८२ ८:१२ | Monday, January 19, 2026
प्रतिक्रिया





