अमेरिकाले नेपालसहित ७५ देशका लागि गर्‍यो आप्रवासी भिसा प्रक्रिया रोकेको निर्णय

हिमाल प्रेस २ माघ २०८२ ९:१३ | Friday, January 16, 2026
16
SHARES
अमेरिकाले नेपालसहित ७५ देशका लागि गर्‍यो आप्रवासी भिसा प्रक्रिया रोकेको निर्णय

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकमाथि कडाइ गर्ने प्रयासस्वरूप यो निर्णय लिएको जनाएको छ।

फक्स न्यूजका अनुसार विदेश मन्त्रालयको मेमोअनुसार जाँचबुझ तथा प्रमाणीकरण प्रक्रियाको पुनरावलोकन भइरहेकाले कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनअनुसार आप्रवासी भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ।

यो सूचीमा नेपालसँगै सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायतका देश परेका छन्। आप्रवासी भिसा स्थगन जनवरी २१ (माघ ७) देखि लागु हुनेछ र विदेश मन्त्रालयले प्रक्रिया पुनरावलोकन नगरेसम्म अनिश्चितकालसम्म जारी रहनेछ।

आप्रवासी भिसा अमेरिकामा स्थायी बसोबासका लागि दिइने दीर्घकालीन भिसा हो जुन विद्यार्थी, बिजनेस (बी-१) र भिजिट (बी-२) जस्ता अल्पकालीन भिसाभन्दा फरक प्रकृतिको हुन्छ।

यसअघि अमेरिकाले नेपाली नागरिकका लागि बी-१ र बी-२ भिसामा धरौटी राख्नुपर्ने नयाँ व्यवस्था ल्याएको थियो। विदेश मन्त्रालयका अनुसार यो नियम पनि माघ ७ देखि लागु हुनेछ। सो व्यवस्थाअनुसार ती भिसामा अमेरिका जाने व्यक्तिले बढीमा ६ महिनासम्म मात्र बस्न पाउनेछन्।

यी हुन् अमेरिकाले आप्रवासी भिसा रोकेको ७५ देश

१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा एण्ड बारबुडा
५. आर्मेनिया
६. अजरबैजान
७. बहमास
८. बंगलादेश
९. बारबाडोस
१०. बेलारूस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. म्यानमार (बर्मा)
१६. क्याम्बोडिया
१७. क्यामरून
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कोट डी आइभर
२१. क्युबा
२२. कंगो (डेमोक्रेटिक रिपब्लिक)
२३. डोमिनिका
२४. इजिप्ट
२५. इरिट्रिया
२६. इथियोपिया
२७. फिजी
२८. गाम्बिया
२९. जर्जिया
३०. घाना
३१. ग्रेनेडा
३२. ग्वाटेमाला
३३. गिनी
३४. हैटी
३५. इरान
३६. इराक
३७. जमैका
३८. जोर्डन
३९. कजाखस्तान
४०. कोसोभो
४१. कुबेत
४२. किर्गिजस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुवा
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. कंगो (रिपब्लिक)
५७. रूस
५८. रवाण्डा
५९. सेन्ट किट्स एण्ड नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनेडाइन्स
६२. सेनेगल
६३. सिएरा लियोन
६४. सोमालिया
६५. दक्षिण सूडान
६६. सूडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्याण्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरुग्वे
७४. उज्बेकिस्तान
७५. यमन

प्रकाशित: २ माघ २०८२ ९:१३ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast