कांग्रेस छाडेका अबुल हुसैनलाई एमालेको ‘हाताहाती’ टिकट, सुनसरी ४ बाट चुनाव लड्ने

हिमाल प्रेस ५ माघ २०८२ १३:२४ | Monday, January 19, 2026
14
SHARES
कांग्रेस छाडेका अबुल हुसैनलाई एमालेको ‘हाताहाती’ टिकट, सुनसरी ४ बाट चुनाव लड्ने

काठमाडौँ- आइतबार राति मात्रै नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेका अबुल हुसैनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेशलगत्तै सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ को टिकट दिएका छन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट ‘ग्रिनसिग्नल’ पाएसँगै कांग्रेस परित्याग गरेका थिए । यसअघि सो क्षेत्रबाट एमालेले जगदिश कुसियैतलाई उम्मेदवार बनाएको थियो । उनको ठाउँमा हुसेनलाई उम्मेदवार बनाइएको हो । जिल्लाबाट एकल सिफारिस कुशियतको टिकट खोसिएको छ। उनी निकट नेताहरू अहिले असन्तुष्ट छन्।

एक कार्यकाल कोशी प्रदेशसभा सदस्य र वन तथा पर्यटनमन्त्री भएका उनी गएको चुनावमा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसँग झिनो मतले हारेका थिए। यता अबुल हुसैन भने कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकटस्थ मानिन्थे।

प्रकाशित: ५ माघ २०८२ १३:२४ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast