काठमाडौँ- नेकपा एमालेले आगामी फागनु २१ गतेको प्रतिनिधिसभा चुनवका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई चुनावी कमान्डर बनाएको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको सञ्चारकर्मीमाझ उपमहासचिव लेखराज भट्टले भने।
कमिटीको सचिवमा विष्णु रिमाल र सदस्यहरूमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की छन्। रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन्।
प्रकाशित: २२ पुष २०८२ १३:५६ | Tuesday, January 6, 2026
प्रतिक्रिया





