काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पछिल्लो समय कांग्रेसले आफ्नै प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आएको र आफूहरूमाथि घेराबन्दी भएको बताएका हुन्।
संख्याको दम्भ देखाउँदै केही नेताहरूले महामन्त्रीहरूलाई कर्नर गर्ने प्रयास गरिरहेको र पार्टीभित्र घेराबन्दी गरिरहेको थापाले बताए।
थापाले भने,‘म र विश्वप्रकाश शर्माले महामन्त्रीको भूमिका निर्वाह गरिरहँदा केही नेताहरूले हामीलाई घेराबन्दी गर्न खोजेका छन्। तर पार्टीको घेरा ठूलो छ, समर्थक र शुभेच्छुकको घेरा ठूलो छ, जसले अन्ततः सबै निर्णय गर्नेछ।’
प्रकाशित: २३ पुष २०८२ १३:१८
प्रतिक्रिया



