संगीतिक कार्यक्रमसँगै ‘कुमारी’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ११ माघ २०८२ १५:२१ | Sunday, January 25, 2026
18
SHARES
संगीतिक कार्यक्रमसँगै ‘कुमारी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- प्रेम कथामा आधारित फिल्म ‘कुमारी’को ट्रेलर सार्वजनिक गरिएको छ। भृकुटीमण्डपमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेका हुन्।

संगीतिक ब्यान्ड ‘केहर एन्ड द लुङा’ को कन्सर्टसहित आयोजना गरिएको कार्यक्रममा हजारौँ दर्शक उपस्थित थिए। खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर सार्वजनिक गर्न पाउनुले आफूले देखेको सपना पूरा भएको फिल्मका निर्देशक दिनेश राउतले बताए।

ट्रेलरमा एक संवेदनशील र रोमाञ्चक प्रेमकथा प्रस्तुत गरिएको छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तर्द्वन्द्वलाई उजागर गर्ने प्रयास गरिएको छ।

ट्रेलरमा पुरुष पात्र अभिशेक खड्का संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। महिला पात्र आकृति राजभण्डारी प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्।

‘आइ एम सरी’ बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ निर्देशन गरेका राउतले दर्शकको रूचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्म यही माघ २३ मा प्रदर्शन हुनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

फिल्ममा अन्य कलाकार घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतको अभिनय छ। फिल्ममा समावेश ‘डोको बुन्ने’, ‘कता छौं मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीत निकै चर्चित बनेको छ।

प्रकाशित: ११ माघ २०८२ १५:२१ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast