ललितपुर ३ मा फेरि चुनाव लड्दै तोसिमा कार्की

हिमाल प्रेस ३० पुष २०८२ ७:१६ | Wednesday, January 14, 2026
10
SHARES
ललितपुर ३ मा फेरि चुनाव लड्दै तोसिमा कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्कीले फेरि ललितपुर ३ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने बताएकी छन्। उनले झुटा कपोकल्पित अफवाहप्रति आपत्ति जनाउँदै उनी पार्टी प्रति प्रतिबन्द रहेको बताएकी छन्।

मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपालाई ‘वैकल्पिक होइन, मुलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी’ बनाउन सुरुदेखि नै लागिरहेको र लागिरहने स्पष्ट पारेकी छन् । उनले देशका ६० जिल्लामा आफैँ पुगेर संगठन विस्तार गरेको र विदेशमा प्रवास विभाग गठनमा भूमिका खेलेको उल्लेख गरेकी छन् ।

‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी भएकाले रास्वपाप्रति माया लाग्छ,’ उनले लेखेकी छन्। साथै, पार्टीभित्रबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिँदै बाँकी निर्णय जनताको जनादेशअनुसार हुने बताएकी छन् ।

प्रकाशित: ३० पुष २०८२ ७:१६ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast