काठमाडौँ- आज माघकोे तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ
थिएटरमा चार नाटक
सर्वनाममा ‘अग्निचक्षु’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा माघ ११ देखि नाटक ‘अग्निचक्षु’ मञ्चन भइरहेको छ। नाटक देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित छ। झकेन बिसीको परिकल्पनामा बनेको नाटकका लेखक तथा परियोजनाकार चन्द्रप्रसाद पाण्डेय हुन्।
यही माघ २५ सम्म मञ्चन हुने नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साँझ ५ः १५ बजे।
नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धीरज थापामगर, राजेन्द्र डंगोल, बाल कलाकार दिव्यता चौधरीले अभिनय गरेका छन्।
शिल्पीमा ‘ए थिबेउ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ ९ देखि नाटक ‘ए थिबेउ’ मञ्चन भइरहेको छ।फागुन ४ सम्म मञ्चन हुने नाटक रंगकर्मी वेदना राईले निर्देशन गरेकी हुन्। गीलु रातोसको लेखन रहेको नाटक किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ मा आधारित छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साझँ ५ः १५ बजे।
नाटकमा संगिता थापा, सन्जीव राई, सोहाङ राई थुलुङ्, प्रवीण पोखरेल, सन्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, रेनुका घर्ती मगर, चिराग पनेरु, रोश्नी कार्की, रेजिना राई, पूर्ण बहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, रेनुका घर्ती मगर, मनिका लामा, डेबिड सुवेदी र युगल श्रेष्ठले अभिनय गरेका छन्।
मण्डलामा ‘बहुरिया’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ८ देखि नाटक ‘बहुरिया’ मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक सुरज यादव हुन्। नाटकमा विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, घरभित्रकै अदृश्य विभाजन र सम्बन्धमा बढ्दै गएको अहंकारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ।
नाटकमा दुई पात्र छन् निर्देशक यादव र प्रशंसा शिवाकोटी। नाटक मधेसको लवज र परिवेशमा तयार पारिएको छ। बुद्धि तामाङ निर्माता रहेको नाटकका रचनात्मक निर्देशक सरिता गिरी हुन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त सो पनि रहेको छ। नाटक २९ माघसम्म मञ्चन गरिनेछ।
कुञ्जमा ‘बिस्फोटको तेस्रो पाइला’
थापागाउँस्थित कुञ्ज नाटकघरमा माघ ४ देखि नाटक ‘बिस्फोटको पाइला’ चलिरहेको छ। रोमर्श राय ठकुरीको परिकल्पना र निर्देशनमा बनेको नाटकका लेखक सरुभक्त हुन्। नाटकमा मानवीय चेतना, विद्रोह र सामाजिक परिवर्तनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
निर्देशक स्वंयको अभिनय रहेको नाटकमा अन्य कलाकार रन्जुन मानन्धर, आयान परियार, अनुप भण्डारी, मिरा खड्का, रेनुका आचार्य र सरला छन्। यही माघ २० सम्म मञ्चन हुने नाटकको आज दुई सो दिउँसो १ ः३० बजे र साँझ ५ बजे।
हलमा कुनकुन फिल्म
आ बाट आमा
फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको २२ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
द ब्ल्यू लाइट
फिल्म ‘द ब्ल्यू लाइट’ माघ १६ देखि नै हलमा चलिरहेको छ। बलिराम चौहानको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, आयुष्मान देशराज जोशीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको १३ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
प्राइमेट
हलिउड फिल्म ‘प्राइमेट’ पनि माघ १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक जोन्स रोबर्ट्स हुन्। फिल्म हरर जनरामा बनेको छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज हलिउड फिल्म ‘प्राइमेट’ चलिरहेका अन्य हल हुन्।
परिवर्तन
माघ ९ देखि हलमा फिल्म ‘परिवर्तन’ प्रदर्शन भइरहेको छ। विजय केरुङले निर्देशन गरेको नाटक एक्सन र थ्रिलर जनरामा बनेको छ। फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल र सिभिल मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्मको सो छ।
गोबर गणेश
माघ १ देखि हलमा ‘गोबर गणेश’ प्रदर्शन भइरहेको छ। यो मरिचमान श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा निम्नजर्गीय परिवारको कथा, सहरको सपना र संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान नै छन्। साथै फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङ लगायतले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘गोबर गणेश’ प्रदर्शनरत छ।
बोर्डर २
बलिउड फिल्म ‘बोर्डर २’ माघ ९ देखि हलमा पदर्शन भइरहेको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्। यो ‘बर्डर’ फिल्मको सिक्वेल हो। फिल्ममा १९७१ सालमा भएको भारत र पाकिस्ताबीचको युद्धमा आधारित छ। फिल्ममा सनी देओल, वरुण धवन, दिलजित दोसांझ अहान शेट्टीलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मलमा फिल्मको १९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा ‘बोर्डर २’ प्रदर्शनरत छ।
अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मलमा फिल्मको सो छ।
धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
भाइरल गोर्खे
फिल्म ‘भाइरल गोर्खे’ माघ १ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म भाइरल हुन चाहने ग्रामीण भेगका एक युवकको कथा छ। फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन्। उनीसहित फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ।
फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मलमा फिल्मको सो छ।
झरी पछिको इन्द्रेणी
फिल्म ‘झरी पछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुरमा फिल्मको एक सो छ।



