सहरमा आजः थिएटरमा दुई नाटक, हलमा कुनकुन फिल्म?

हिमाल प्रेस १० माघ २०८२ ७:२६
2
SHARE
सहरमा आजः थिएटरमा दुई नाटक, हलमा कुनकुन फिल्म?

काठमाडौँ- आज माघको दोस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ

थिएटरमा दुई नाटक
शिल्पी थिएटरमा ‘ए थिबेउ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ ९ देखि नाटक ‘ए थिबेउ’ मञ्चन भइरहेको छ।फागुन ४ सम्म मञ्चन हुने नाटक रंगकर्मी वेदना राईले निर्देशन गरेकी हुन्। गीलु रातोसको लेखन रहेको नाटक किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ मा आधारित छ। नाटकमा संगिता थापा, सन्जीव राई, सोहाङ राई थुलुङ्, प्रवीण पोखरेल, सन्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, रेनुका घर्ती मगर, चिराग पनेरु, रोश्नी कार्की, रेजिना राई, पूर्ण बहादुर गन्धर्व, अग्निश्री बिश्वकर्मा, शान्ता राई, रेनुका घर्ती मगर, मनिका लामा, डेबिड सुवेदी र युगल श्रेष्ठले अभिनय गरेका छन्। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साझँ ५ः १५ बजे।

मण्डलामा ‘बहुरिया’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ८ देखि नाटक ‘बहुरिया’ मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक सुरज यादव हुन्। नाटकमा विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, घरभित्रकै अदृश्य विभाजन र सम्बन्धमा बढ्दै गएको अहंकारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ।

नाटकमा दुई पात्र छन् निर्देशक यादव र प्रशंसा शिवाकोटी। नाटक मधेसको लवज र परिवेशमा तयार पारिएको छ। बुद्धि तामाङ निर्माता रहेको नाटकका रचनात्मक निर्देशक सरिता गिरी हुन्।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त सो पनि रहेको छ। नाटक २९ माघसम्म मञ्चन गरिनेछ।

हलमा कुनकुन फिल्म?

परिवर्तन
माघ ९ देखि हलमा फिल्म ‘परिवर्तन’ प्रदर्शन भइरहेको छ। विजय केरुङले निर्देशन गरेको नाटक एक्सन र थ्रिलर जनरामा बनेको छ। फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको १० सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परिवर्तन’ चलिरहेको अन्य हल हुन्।

गोबर गणेश
माघ १ देखि हलमा ‘गोबर गणेश’ प्रदर्शन भइरहेको छ। यो मरिचमान श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा निम्नजर्गीय परिवारको कथा, सहरको सपना र संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान नै छन्। साथै फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङ लगायतले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ७ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स र बिग मुभिजमा फिल्म ‘गोबर गणेश’ प्रदर्शनरत छ।

भाइरल गोर्खे
फिल्म ‘भाइरल गोर्खे’ माघ १ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म भाइरल हुन चाहने ग्रामीण भेगका एक युवकको कथा छ। फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन्। उनीसहित फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

झरी पछिको इन्द्रेणी
फिल्म ‘झरी पछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मलमा फिल्मको सो छ।

परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मलमा फिल्मको सो छ।

बर्डर २
बलिउड फिल्म ‘बर्डर २’ माघ ९ देखि हलमा पदर्शन भइरहेको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्। यो ‘बर्डर’ फिल्मको सिक्वेल हो। फिल्ममा १९७१ सालमा भएको भारत र पाकिस्ताबीचको युद्धमा आधारित छ। फिल्ममा सनी देओल, वरुण धवन, दिलजित दोसांझ अहान शेट्टीलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वयर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मलमा फिल्मको २५ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण हल, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा ‘बर्डर २’ पदर्शनरत छ।

मर्सी
हलिउड फिल्म ‘मर्सी’ माघ ९ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र क्राइम जनरामा बनेको छ। तैमर बेकमाम्बेटोभले निर्देशन गरेको फिल्ममा क्रिस प्राट र रेबेका फर्गुसन मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको १० सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘मर्सी’ चलिरहेको छ।

अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्मको सो छ।

२८ इयर्स अगोः द बोन टेम्पल
अंग्रेजी फिल्म ‘२८ इयर्स अगोः द बोन टेम्पल’ नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक निया डाकोस्टा हुन्। फिल्ममा राल्फ फिएनेस ज्याक, ओकोनेल, अल्फी विलियम्स, एरिन केलीम्यानलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, लबिम मलमा फिल्मको सो छ।

द राजा साब
हिन्दी फिल्म ‘द राजा साब’ पुस २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म फिल्मका लेखक र निर्देशक मारूति हुन्।

फिल्ममा प्रभास, सञ्जय दत्त, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारले अभिनय गरेका छन।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

द हाउसमेड
हलिउड फिल्म ‘द हाउसमेड’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्म पाँल फिगले निर्देशन गरेका हुन्। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल र छाया सेन्टरमा फिल्मको सो छ।

प्रकाशित: १० माघ २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast