काठमाडौँ- आज पुसको अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ
रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आज कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन हुँदैछ।यो उनको दोस्रो कवितासंग्रह हो। यसअघि उनले ‘यात्रामा अक्षर’ प्रकाशन गरिसकेकी छन्।
दिउँसो २ बजे सुरु हुने कार्यक्रममा वक्ताका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कवि लक्ष्मी माली, बिन्दु शर्मा, आहूति र पत्रकार दीपक सापकोटा वक्ताका रुपमा उपस्थित हुनेछन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।
थिएटरमा तीन नाटक
एक थिएटरमा ‘खरायो र कछुवा’
मध्य बानेश्वरस्थित एक थिएटर स्टुडियोमा पुस २५ देखि नाटक ‘कछुवा र खरायो’ मञ्चन भइरहेको छ। नाटक अनिल सुब्बाले निर्देशन गरेका हुन्। लोक कथामा आधारित नाटकमा सौजन सेनेहाङ, शिशिर गिरी, आकाश सुहाङ लिम्बू, नुमा राई, संजीत थुलुङ राई, र रमिता राईले अभिनय गरेका छन्। आगामी माघ ५ सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन बेलुका ५ः १५ बजे मञ्चन हुनेछ। आज शनिबार १ बजेको अतिरिक्त सो पनि रहेको छ।
साधना घरमा ‘भट्टी टेल्स’
सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा पुस १६ देखि नाटक ‘भट्टी टेल्स’ मञ्चन भइरहेको छ। सामाजिक कथामा आधारित नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको हो।
भट्टी धाउने र भट्टी पसल्नीको कथा समेटिएको नाटकमा सुदाम सिके, वेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी र थार्चेन लामाले अभिनय गरेका छन्। ओस्कर कलेजको प्रस्तुति रहेको नाटक आगामी माघ ३ सम्म मंगलबारबाहेक हरेक साँझ ५ः १५ बजे र शनिबारको दिउँसो १ बजे मञ्चन हुनेछ।
मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’
थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ देखि नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। नाटककी निर्देशक सरस्वती चौधरी हुन्। नाटक भारतीय नाटककार बादल सरकारको नाटक ‘वल्लभपुरेर रूपकोथा’ मा आधारित छ। नाटकलाई विजय विस्फोटले नेपालीमा रुपान्तरण गरेका हुन्।
व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको नाटकको कथा ऋणमा डुबेका एक शाही वंशज ‘भूपति’को वरिपरि घुमेको छ।
नाटकमा कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्राले अभिनय गरेका छन्। नाटक पुस २७ गते भोलिसम्म मञ्चन हुनेछ। आज १ बजे र साँझ ५ बजेको दुई सो हुँदैछ।
हलमा कुनकुन फिल्म
वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’
वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ पुस २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकाको कथावस्तुमा डकुमेन्ट्री बनेको छ। थापा विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका थिए। १ घण्टा १० मिनेटको छ। वृत्तचित्रले उज्वल यापाको बाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनीतिमा उनको योगदान प्रस्तुत गरेको छ। फिल्म सुदीप भाजुले निर्देशन गरेका हुन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, बिएसआर मुभिज र कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
द राजा साब
हिन्दी फिल्म ‘द राजा साब’ पुस २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म फिल्मका लेखक र निर्देशक मारूति हुन्।
फिल्ममा प्रभास, सञ्जय दत्त, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारले अभिनय गरेका छन।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘द राजा साब’ चलिरहेको अन्य हल हुन्।
एक्लो
फिल्म ‘एक्लो’ पुस १७ देखि हलमा प्रदर्शद भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। फिल्म साइन्स–फिक्सनमा आधारित छ।
फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र विश्वज्योति मल, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, र कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
झरी पछिको इन्द्रेणी
फिल्म ‘झरी पछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।
निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘झरी पछिको इन्द्रेणी’ चलिरहेको अन्य हल हुन्।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ।
फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल र सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल र एफक्युब सिनेमाजमा फिल्मको सो छ।
अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज र कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।
फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।
द हाउसमेड
हलिउड फिल्म ‘द हाउसमेड’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्म पाँल फिगले निर्देशन गरेका हुन्। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल र छाया सेन्टर, मा फिल्मको सो छ।
४५
दक्षिण भारतीय फिल्म ‘४५’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्मका निर्देशक अर्जुन जन्य हुन्। फिल्ममा शिव राजकुमार, उपेन्द्र, राज बी शेट्टीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार उपत्यकाको बिग मुभिज र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ।
तू मेरी मैं तेरा मैं तेरा तू मेरी
बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्ममा कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिकामा छन्। समीर विद्धांस निर्देशित फिल्म एड्भेन्चर, कमेडी, रोमान्स जनरामा बनेको छ।
शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
द स्पन्जबब मुभी
हलिउड फिलम ‘द स्पन्जबब मुभी’ पनि पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा बनेको फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ। डेरेक ड्राइमनले निर्देशन गरेको फिल्ममा क्ल्यान्सी ब्राउन, मार्क ह्यामिल, टम केनीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टरमा फिल्मको दुई सो छ।




