काठमाडौँ- आइतबारदेखि भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको मनोनयनका दर्ताका लागि पुनः समय थप गरिएको छ।
मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा पटकपटक थप गरी बेलुकी ७ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो।
मंगलबार नै बेलुकी ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदानको समय तय गरिएको थियो। केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रमअन्तर्गत मनोनयन दर्ता बुधबार पनि जारी हुने जानकारी गराएका हुन्।
केसीका अनुसार बुधबार बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन दर्ताको समय थप गरिएको हो। निर्वाचनअन्तर्गत अन्य कार्यक्रम भने तय हुन बाँकी नै छ।
प्रकाशित: ३० पुष २०८२ १०:१९ | Wednesday, January 14, 2026
प्रतिक्रिया




